logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विदेशी टेलिभिजनहरुलाई ल्याउन लागेको क्लिन फिड तत्काल लागु नहुने


अंकुरण खबर
1.196K
Shares

नेपालमा प्रशारित विदेशी टेलिभिजनहरुलाई सरकारले ल्याएको विज्ञापन नियमन सम्बन्धी विधेयक राष्ट्रिय सभामा हेरफेर भएको छ । नेपालमा प्रशारित विदेशी टेलिभिजनहरुलाई विज्ञापनरहित क्लिन फिड बनाउने उद्देश्यसहित अहिले यो विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा छ । मंगलबार पनि समितिमा यसबारे छलफल भयो ।

यो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पास भएर प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा गएको हो । राष्ट्रिय सभाबाट पास हुँदा क्लिन फिडसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्ने अर्थात यो विधेयकलाई तत्काल लागू नगर्ने नियतका साथ केही व्यवस्था संशोधन भएको भन्दै विज्ञहरुले विरोध गरेका छन् ।
राष्ट्रिय सभाले यो विधेयकलाई काटकुट पारेको भन्दै विज्ञहरुले यसको नियतमाथि नै प्रश्न उठाएका छन् ।