logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

घट्यो पेट्रोल, डिजेलको मुल्य


अंकुरण खबर
585
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले मूल्य घटाएको छ।

यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रूपैयाँ कटौती गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ।

यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ र डिजेल प्रतिलिटर २२५ रहेको थियो।