मुलुकका अधिकांश स्थानमा मनसुनी वर्षा पुनः सक्रिय भई भारी वर्षा भर्इरहेको छ । बुधबार बिहानदेखि अधिकांश स्थानमा भारी वर्षा भएको हो । विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको छ ।
राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले चुरे र पहाडबाट बहने नदीमा आकश्मिक बाढीको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।
केन्द्रका अनुसार बुधबार चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना, रहेको छ ।
तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले सूचना समेत जारी गरेको छ ।