सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ससदीय दलको आकष्मिक बैठक बोलाएको छ ।
संसदमा रहेको अवरोध हटाउन कांग्रेस–राजपासँग सहमति जुटे लगत्तै नेकपाले संसदीय दलको आकष्मिक बैठक दिउँसो २ बजेका लागि बोलाएको हो ।
प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनले भने, ‘हामीले नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका छौँ ।
नेकपा र कांग्रेसबीचको विवादका कारण प्रतिनिधि सभाको बैठक गत असार ३० गते स्थगित भएको थियो।