नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । होटल र्याडिसनमा साँझ ४ बजे मौद्रिक नीति सार्वजनिक हुने भएको हो ।
यस पटकको मौद्रिक नीतिमा बैंकहरुको बिग मर्जरको इसु निकै चर्चामा रहेको छ । राष्ट्र बैंकले विग मर्जर कसरी ल्याउँछ, फोर्स मर्जर गर्छ वा गर्दैन् भन्ने विषयलाई चासोका रुपमा हेरिएको छ ।
चालु आर्थिक वर्षको ९२०७६/०७७० को लागि आजै मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।