नेपाली महिलाहरुको महान चाड हरितालीका तिज आउन झण्डै दुई महिना बाँकी भए पनि बजारमा नयाँ नयाँ तिज गीत आइसकेका छन् ।
यसै क्रममा चर्चित गायक विनोद ढकालले पछिल्लो समय चर्चित एप्स टिकटकलाई विषयवस्तु बनाएर ‘टिक टक गरम आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत ढकालको अफिसियल यूट्यूब च्यानल मार्फत बजारमा ल्याएको हो ।
म्युजिक ल्याब प्रालीले बजारमा ल्याएको ‘टिक टक गरम आऊ’ बोलको गीतले टिकटकले गर्दा समाजमा के कस्ता विकृतिहरु भइरहेका छन्, टिकटकको उपयोग कसरी भइरहेको छ भन्ने यथार्थलाई ब्यंग्यत्मक तवरले गायक ढकालले शब्दमा उतारेका छन् ।
उक्त गीतमा शब्द तथा लय विनोद ढकालकै रहेको छ भने गीतमा बिनोद ढकाल र बिमला कुमालको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा पवन खतिवडा (म्याकुरी), शुशिला निरौला (बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल लगायतको अभिनय रहेको छ ।
लक्ष्मण श्रेष्ठले निर्देशन गरेको भिडियोलाई रामकृष्ण चौलागाइँले छायांकन गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।
https://youtu.be/efF92rl95NQ