logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी र डुबानको विषयमा भारतसँग छलफल गर्नु पर्छ : देउवा


अंकुरण खबर
2.431K
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबानको विषयमा भारतसँग छलफल गर्नु पर्ने बताएका छन । उनले भारतसँग कुरा गरेर दीर्घकालिन रुपमा समस्याको समाधान खोज्नु पर्ने बताएका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग छलफल गर्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो । तर अहिलेसम्म केहि गरेको छैन । यदि सरकारले ढिलो गरे हामी कदम उठाउँछौं ।’

उनले देशमा बाढी पहिरोले भयावह अवस्था आउँदा पनि सरकार थाहा नभए जस्तै गरी बसेको आरोप लगाए ।