गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको छ । बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो ।
सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए ।