मापसे गरेर कार कुदाउदा काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ । ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको महानगरीय प्रहरी वृत लैनचौरले जानकारी दिएको छ । महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार तीव्र गतिको कारले सोह्रखुट्टैको ओरालोको जय श्रीकृष्ण चस्मा पसलमा ठोक्किएर सडकमा उत्तानो परेको हो ।
मापसे गरेर गुडाइएको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । कार चालक सागरमाथा राई सकुशल छन् । कारलाई बिहानै हटाएको छ ।