रामेछापको रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको हो ।
आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र अन्य झुप्रा जलेका छन् । आज बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सिंहदेवी निर्माण सेवाको स्टोरबाट सुरु भएको आगोले अंकित श्रेष्ठ, राजन सुवेदी, नविन बुढाथोकी, अनिष थापा तथा कुमार थापाको घर र घरभित्र रहको सामान पनि जलेर नष्ट भएको छ । करेन्ट सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो ।