logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल दूरसञ्‍चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त


अंकुरण खबर
2.041K
Shares

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा सरकारले पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

सरकारले गत माघ २५ गते नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको थियो। अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा स्वीकृत नहुँदासम्म निमित्त अध्यक्षको रूपमा उनलाई जिम्मेवारी दिइएको हो।