logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्ना माग सम्बोधन नभए अन्तर्राष्ट्रिय अदालतमा जान्छौं : पूर्व बाल लडाकु


अंकुरण खबर
1.664K
Shares

काठमाडौं, ९ साउन । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएका छन् । बिहिबार राजधानीमा साक्षत्कार गर्दै उनीहरुले पुनः स्थापनाको लागि उपयुक्त सहयोग नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायतद्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पु¥याउने चेतावनीदिएका हुन् ।
उनीहरुले तीन महिना भित्र प्रचण्ड, बाबुराम भट्टराईले जनयुद्धको औचित्य समापन गरेको आरोप समेत लगाए । सुन्दर,शान्त र संवृद्ध नेपालको सपना बाढेर नेताहरुले गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग गरेको उनीहरुको भनाई छ । नेताको स्वार्थका लागि आगामी दिनमा पुन ः गरिबका छोराछोरी मर्नु पर्ने दिन नल्याउन सरोकारवाला सबैलाईसचेत हुन पनि उनीहरुले आग्रह गरेका छन् ।
आफ्ना माग जायज भएकाले माग पुरा नभए अन्तर्राष्ट्रिय फौजदारी अदालत द हेगमा उजूरीकालागि जाने उनीहरुले चेतावनी दिएका हुन् ।