logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिबियामा ३०० जना सवार डुंगा डुब्यो, १५० जनाको मृत्यु भएको आशंका


अंकुरण खबर
2.028K
Shares

लिबियाको तटीय क्षेत्रमा शरणार्थी सवार पानी जहाज डुबेको छ । राजधानी त्रिपोलीबाट १२० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रमा दुर्घटना भएको हो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) का अनुसार जहाज डुब्दा त्यसमा सवार झण्डै १५० जनाको ज्यान गएको आशंका छ । तीन सयजना सवार पानी जहाज डुबेको हो । माछा मार्न तटीय क्षेत्रमा गएका स्गानीय झण्डै १३७ जनाको उद्धार गरेको जनाइएको छ ।

दुईवटा पानी जहाज डुबेको र दुवैमा गरेर ३०० जना सवार रहेको बताइएको छ । अहिलेसम्म यकिन भने हुन सकेको छैन । एजेन्सी–