logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

युवतीको पेटबाट निकालियो डेढ केजी गहना र सिक्का


अंकुरण खबर
2.639K
Shares

भारतको पश्चिम बंगाल राज्यस्थित बीरभूम जिल्लाको एक सरकारी अस्पतालमा मानसिक बिरामी एक युवतीको पेटबाट एक किलो ५०० ग्राम भन्दा धेरै गहना र सिक्का निकालिएको छ ।

रामपुरहाट सरकारी मेडिकल कलेजका सर्जरी विभाग प्रमुख सिद्धार्थ बिस्वासका अनुसार २६ वर्षीया महिलाको पेटमा ५ रुपैयाँ र १० रुपैयाँ ९० वटा सिक्का, सिक्री, नाकको बुलाकी, फुली, झुम्का, चुरा, पाउजु, र घडी भेटिएको हो ।

डाक्टरका अनुसार युवतीको पेटबाट ६९ वटा सिक्री, ८० वटा कानका मुन्द्री र ९० वटा सिक्क पेटबाट निकालेका हुन् । डाक्टरले बुधवार सर्जरीपछि भने, ‘गहना धेरै जसो तामा र पित्तलका थिए । यिनमा केही सुनका पनि गहना भेटिए ।’

युवतीकी आमाले घरबाट गहना गायब भइरहँदा आफूले छोरीलाई सोधेको बताइन् । तर आफूले गहना हराएको बारेमा सोध्दा छोरीले रुँदै टार्ने गरेको उल्लेख गरिन् । आमाका अनुसार छोरी मानसिक रुपमा विरामी थिइन् । ‘मेरी छोरी मानसिक रूपमा अस्वस्थ छिन् । पछिल्ला केही दिनदेखि उनले हरेक पटक खाना खाँदा बान्ता गरिरहेकी थिइन् ।’ उनी दुई महिनासम्म बिरामी परेकी थिइन् । ‘हामीले छोरीलाई उपचारका लागि कयौँ निजी अस्पतालमा लग्यौँ, ती महिलाले भनिन्, ‘तर उनको स्वास्थ्यमा कुनै सुधार भएन ।’

त्यसपछि ती महिलाले छोरीलाई सरकारी अस्पतालमा लगेकी थिइन् । जहाँ डाक्टरहरुले उनको एकसातासम्म जाँच गरेपछि अप्रेशन गरेर डेढ केजी सिक्का र गहना निकालेका हुन् । एजेन्सी-