logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चितवनमा नदीमा डुबेर एक बालककको मृत्यु


अंकुरण खबर
2.691K
Shares

चितवनमा खोलामा डुबेर एक जना चेपाङ बालकको ज्यान गएको छ ।

शुक्रबार दिउँसो पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई कालिका–९ मा डेरा गरी बस्ने विकास चेपाङका ६ वर्षीय छोरा सन्देश चेपाङको खोलामा डुबेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

आमासँग कयर खोलामा लुगा धुन गएको बेलामा नुहाउने क्रममा सन्देशलाई खोलाले बगाएको हो । उनको कालिका–८ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।