चितवनको माडीमा एक बालक मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका–५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
शनिबार साझँदेखि घरमा नभएका माडी नगरपालिका–५ राधापुरका सुदिप दराई आइतबार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिए ।
दराईको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । दराई भिरबाट लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।