logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहाबाट भरुवा बन्दुकसहित दुई युवक पक्राउ


अंकुरण खबर
2.821K
Shares

सिरहा जिल्लाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ११ बाट प्रहरीले भरुवा बन्दुकसहित दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब साढे ९ बजेतिर कल्याणपुर ११ पर्चिलवाका दुई युवकलाई मोटरसाइकलमा भरुवा बन्दुक बोकेर घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

कल्याणपुर ११ का १९ वर्षीय मनिष मण्डल र कल्याणपुर ३ का २४ वर्षीय मो.जाकीर मन्सुरीलाई बिआर क्यू १३८० नम्बरको मोटरसाइकल र भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुवै जना विरुद्ध हातहतियार खरखजानाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।