
अंकुरण खबरका लागि सर्मिला थापाले नशा तथा मानसिक रोग विशेषज्ञ डा.प्रदिप पाण्डेसंग गरेको कुराकानीमा आधारित…
हामी सबैलाई आफ्नो शरीरलाई लिएर केही कुराको अभाव वा खोट महसुस हुन सक्छ, कसैलाई आफ्नो गाला ठुलो लाग्न सक्छ, कसैलाई आफ्नो नाक सानो छ कि भन्ने हुन सक्छ या त कसैलाई आफ्नो मोटाइले चित्त नबुझ्न सक्छ। तथापि हामी चित्त बुझाउछौ, ति कुरालाई सामान्य तरिकाले लिएर अघी पनि बढछौ तर Body Dysmorphic Disorder भएको अवस्थामा या व्यक्तिलाई त्यो अती नै गाह्रो हुने गर्दछ। हामीले सामान्य रुपमा लिने त्यस्ता त्रुटिहरु उहाहरुको लागि निकै ठुलो समस्या हुने गर्दछ।
Body Dysmorphic Disorder एक विशिष्ट मानसिक समस्या हो जसमा विरामी आफ्नो शरीरको त्रुटिलाई लिएर एकोहोरिनु हुन्छ। अरुलाई एकदमै सामान्य लाग्न सक्ने अथवा अरुले याद पनि नगर्ने कुराहरुले पिरोल्ने गर्दछ। आफ्ना त्यस्ता त्रुटिहरु या Imperfection हरु प्रती विरामी fixated हुने गर्दछन। जसले गर्दा दैनिक जीवनमा धेरै समस्याहरु आउने गर्दछ जस्तै लाजले सामाजिक हुन नखोज्नु, मनोबल घटनु, हरेक प्रहर तेसैको बारेमा सोचेर समय बिताउनु। यी सबै कुराले मानिसको जीवन असन्तुलित बनाइदिन्छ र समग्रमा प्रभाव पार्छ।
के के कुरालाई लिएर व्यक्ति Fixated अथवा चिन्तित हुन सक्छन?
छाला को मामलामा जस्तै रंग, रुखोपना, डन्डिफोहोर, चाउरिपना, दाग, पोतो इत्यादी।
कपाल को मामलामा जस्तै पातलो भयोकी भनेर, Silky भएन भनेर।
अनुहारको बनावोट, रंग, आकार, समरूपता इत्यादी।
प्रजनन अंगहरूको आकारलाई लिएर साथसाथै शरीरका अरु बिभिन्न अंगहरूलाई लिएर।
यसका लक्षणहरू के के हुन त?
आफुले मानेको आफ्ना कमी र त्रुटिहरु बारम्बार ऐनामा हेर्ने।
या खोट देखिने डरले ऐना नै नहेर्ने या फोटो खिच्न नमान्ने।
बारम्बार शरीरका अंगहरु छुने, सुम्सुमाउने, समाल्न खोज्ने या खोट लुकाउन धेरै Make-up गर्ने।
आफ्नो बारेमा धेरै सचेत हुने र अरुहरु भएको अवस्थामा चिन्तित हुने, तनाव महसुस गर्ने।
चिनेजानेको बाट आफ्नो शरीर या शरीरको अंगलाई लिएर आश्वासन खोज्ने।
आफ्नो अवस्था सुधार गर्नको लागि चिकिक्त्सकहरु धेरै भेट्ने जस्तै, Dermatologists.
भावनात्मक समस्याहरु जस्तै Depression, आँफै प्रती दिगदिगी महसुस गर्ने, चिन्तित हुने, मनोवल घटेको अनुभुती हुने।
सामाजिक माहोल बाट टाढा हुनखोज्ने।
शरीर राम्रो बनाउन अत्याधिक व्यायम गर्ने।
Plastic surgery को प्रयोग गर्ने।
अन्तत चाहिने भन्दा बढी शरीरको बिभिन्न भागको बारेमा सोच्ने।
यसका कारणहरु के के हुन त?
Body Dysmorphic Disorder को पछाडि एउटा बिशेष कारण छैन। यद्यपि अनुसंधानहरुको अनुसार बिभिन्न कारणहरुले यो समस्या निम्त्याउने गर्दछ र यसमा पनि अरु बिभिन्न मानसिक रोगहरु जस्तै Genetics, बातावरण, व्यक्तित्व, सामाजिक दबाव, बालापनको अनुभव इत्यादीले भूमिका खेल्दछ।
यो कसरी पत्ता लगाउने?
दुर्भाग्यवोस यो समस्या को निदान धेरै गाह्रो छ। मुख्यत यो समस्या बाट जुधिरहेका ले यसको बारे अरुलाई जानकार गराउन गाह्रो मान्छन र गरायता पनि अरु कुनै समस्या हो भनेर बुझ्छन(misdiagnosed) र बुझाउछन। तथापी मनोचिकित्सक कहा गएर आफ्नो विचार, व्यवहार, लक्षणहरू का साथसाथै health history र physical exam को सही मूल्याङकन गर्दा यो समस्या को पहिचान हुन्छ र सोही अनुरुप समाधान पनि।
यसका लागि के गर्नुपर्ला त?
मुख्यत यो समस्याको समाधानको लागि चिकित्सक को सल्लाह अनुसार विरामी अगाडि बढ्नुपर्ने हुन्छ। Body Dysmorphic Disorder को लागि Cognitive Behavioral Therapy, Family Therapy तथा दबाइ(Medication) जस्तै selective serotonin reuptake inhibitors(SSRIs) साथसाथै olanzapine, aripiprazole, or pimozide(अलग वा SSRIs सँग सन्योजन गरेर) प्रयोग गर्न सकिन्छ।