कैलाली जिल्लाको गोदावरी नगरपालिका-५ र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका छन् ।
आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरको उपचारका क्रममा मृत्यु सेती अञ्चल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।