logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने


अंकुरण खबर
1.131K
Shares

कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन हुने जनाएको छ ।

बोर्डले साँझ ५ बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए । नतिजा प्रकाशनका लागि (सोमबार) आजै बोर्ड बैठक बोलाइएको छ ।

यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।