logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु


अंकुरण खबर
2.483K
Shares

सिरहा अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर गाउँमा आइतबार साँझ दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय विमल यादवका छोरा १० वर्षीय दिपक र सात वर्षीया छोरी नन्दनी आइतबार साँझ ७ बजेतिर पोखरीमा डुबेर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ११ बजेतिर खेल्न निस्किएका दाजु बहिनी बेलुकासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।