logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जंगली बिसालु च्याउ खाँदा एकै घरका तीनको मृत्यु


अंकुरण खबर
4.394K
Shares

काठमाडौं – रोल्पामा जंगली बिसालु च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । जिल्लाको लुङग्री गाउँपालिका-६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुले गत साउन ८ गते बिषादी च्याउ खाएर गम्भीर विरामी भएका थिए । त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । त्यहाँ उपचारका क्रममा छोरा पुष्करको साउन ११ गते, छोरी सुनिताको हिजो र आमा फुर्मलीको (सोमबार) आज बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।