logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जड्याहले सर्पलाई टोकेर पारे ४ टुक्रा


अंकुरण खबर
2.418K
Shares

भारतीय राज्य उत्तर प्रदेशको गाउँमा एउटा जड्याहले अदभुत घटना घटाएका छन् । गत आइतबार राति आफ्नै घरमा रक्सी पिउँदै नशाले धुत् भएको अवस्थामा सर्पले उनलाई टोकिदियो । रक्सीले होसहवास गुमाएका जड्याहले रिसको झोकमा उक्त सर्पलाई हातले समाएर दाँतले टोक्दै ४ टुक्रा पारिदिए ।

राजकुमार नामले चिनिने उक्त जड्याहले सर्पलाई टोकेर ४ टुक्रा पारेसँगै बेहोस हुन् पुगे । उनको पिता बाबूरामले राजकुमारलाई तत्काल गम्भीर अवस्थामा अस्पताल पुर्याए । आर्थिक रुपले अत्यन्त कमजोर बाबुरामले मिडियासँग घटनालाई बताउँदै आफू छोराको उपचार खर्च उठाउन असमर्थ रहेको जनाए ।

घटना पश्चात राजकुमारको उपचारमा संलग्न डाक्टरले भने, “बिरामीलाई मेरो सामू ल्याइयो । सर्पले बिरामीलाई टोकेको होइन बिरामीले सर्पलाई टोकेर मारिदियो । मैले सम्झे सर्पले राजकुमारलाई टोक्यो तर राजकुमारको बुबाले बताएअनुसार बिरामीले सर्पलाई टोकेका रहेछन् । उपचारकै क्रममा मलाई थाहा भयो दुवैले एकअर्कालाई टोकेका रहेछन् ।” एजेन्सी –