logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलामा किन बढी देखिन्छ ढाडको बाथ रोग ? जोगीन यी उपाय अपनाउनुस्


अंकुरण खबर
4.121K
Shares

काठमाडौं – बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो । ढाडको बाथ ढाडमा सुजन भएर हुने एक दीर्घ रोग हो । यसले फिला भित्रको जोर्नी, तल्लो ढाड, गर्दन तथा कहिले काँही गर्दन नितम्ब, कुम र हातगोडाका ठुला जोर्नीहरुमा असर गर्दछ।

अन्य खालका ढाड दुखाइ भन्दा यसको फरक खालको विशेषता हुन्छ । ४० बर्ष अगावै सुरु हुन्छ र यो पुरुषहरुमा भन्दा महिलामा बढी देखिन्छ । धुमपान गर्ने व्यक्तिमा यसले कडा रुपमा संक्रमण गर्ने गर्दछ ।

बाथ रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, रगत कम हुने, हातगोडामा गिर्खा देखिने, आँखा रातो हुने तथा दुख्ने र मुटु फोक्सो लगायत शरिरका अन्य अंगहरुमा सुजन हुने हुन्छ ।

लक्षणहरु:

बिहानी पख ढाड दुख्ने

आँखामा समस्या हुने

पेटमा समस्या हुने

जोर्नीहरु सुनिने, जोर्नीहरु दुख्ने

हिप दुख्ने

विस्तारै मेरुदण्ड बाङ्गिदै जाने

हात तथा खुट्टाका जोर्नीहरु दुख्ने वा सुन्निने

कुर्कुच्चाको मुनि वा पछाडि दुख्ने

जोगीन यी उपाय अपनाउनुस्:

नियमित व्यायाम तथा योग गर्ने व्यायाम दक्ष फिजियोथेरापिस्ट र योग अनुभवी योग प्रशिक्षकले भनेबमोजिम गर्नुपर्छ तर कडा खालका शारिरीक खेलकुद तथा व्यायाम गर्नु हुदैन ।

ढाडको बाथ भएका बिरामीले न्यानो पानीमा पौडी खेल्नुपनि उपयुक्त मानिन्छ ।

सक्रिय जीवनयापन गर्ने ९ तर सधैं सुतिरहने र आराममात्रै गर्नु हुदैंन ।

चिसोबाट बच्ने र न्यानो लुगा लगाउने क्ष् सकेसम्म न्यानो, घाम आउने कोठामा बस्नुपर्छ ।

धुम्रपान तथा मद्यपान सेवन गर्दै नगर्ने।

चोटपटक लाग्ने, गह्रो बस्तु उठाउने जस्ता काम तथा खेलकुद खेल्नु हुदैंन ।

अफिसियल तथा कम परिश्रम गर्नुपर्ने पेशा अपनाउनु उपयुक्त हुन्छ ।

समयसमयमा चिकित्सकको सल्लाहबमोजिम आँखा, मुटु तथा कलोजोको जाँच गर्नुपर्छ ।

पानी प्रशस्त मात्रामा पिउनुपर्छ । सकेसम्म मनतातो पानी पिउनुपर्छ । क्याल्सियम, भिटामिन तथा प्रोटिन भएको खानेकुरा खानुपर्छ ।

बाक्लो सोल भएको जुत्ता, हिल प्याड र घुँडामा लगाउने प्लभभ अबउ प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बाथ रोग उपचार नगरे स्लो पोइजन सरह हुन्छ । जस्तो हृदयघात तथा पक्ष्यघात हुदाँ मान्छे आजको भोली मर्ने सम्भावना हुन्छ । तर बाथ रोगमा आजको भोली नै मान्छे मरिहाल्ने हुदैन । तर छिटै उपचार नगरे यसले मान्छेलाई अपाङग बनाउने गर्छ ।