काठमाडौं – सल्यानमा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । वनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँकी करिब ५५ वर्षीया पिवली माझिको मृत्यु भएको हो ।
मंगलबार बिहान करिब सात बजे आफैँले सञ्चालन गरेको मिलमा खाद्यान्न पिसानी गर्दा माझीको कपडा मिलको फित्तामा अल्झिएर घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
माझीको घटना स्थलमै मृत्यु हो। कोही नभएकाले मिलको फित्ताले आधा घण्टाभन्दा बढी माझीलाई घुमाउँदा शव क्षतविक्षत भएको छ ।