logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन-चाँदीको भाउ उकालो लाग्दै, तोलाको कति पुग्यो ?


अंकुरण खबर
2.405K
Shares

काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ ।  सोमबार २ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि २ सय रुपैयाँले बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँ र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।