logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु


अंकुरण खबर
1.547K
Shares

काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिकामा एकै घरका दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-९ डुमरियामा इँटाभट्टाको पोखरीमा डुबेर ११ वर्षीय अनिस साह र ८ वर्षीया कल्पना साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । सर्लाहीको हरीपुर नगरपालिका-४ का संजय साहका छोराछोरीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इँटाभट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न गएका दाजुबहिनीको मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन्। बुधबार विप्लव समूहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि ती बालबालिका खेल्न गएको स्थानीयले बताए । मृतक बालबालिकाको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।