logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पतालमा प्रदर्शन


अंकुरण खबर
3.588K
Shares

विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । सुनसरी रामधुनी ३ झुम्काकी ३५ बर्षिया पार्वाता कार्कीको सुत्केरी पछि पाठेघरको शल्यक्रिया गर्दा मृत्यु भएको हो ।

आइतबार अस्पताल भर्ना भएकी कार्कीको आज बुधबार बिहान अस्पतालको आईसियु कक्षमा मृत्यु भएको हो । पीडित पक्षले उनको शव बुझ्न मानेका छैनन् उनीहरुले अस्पतालमा प्रदर्शन गरेका छन् । पीडितपक्षले डेलीभरीका लागि अस्पताल भर्ना गरिएकी कार्कीको चिकित्सको लापार्वाहीका कारण मृत्यु भएको दावी गरेका छन् ।

उनको सामान्य अवस्थामै डेलिभरी भएकोमा पछि चिकित्सककै सल्लाहमा पाठेघरको शल्याक्रिया गर्दा मृत्यु भएको आफन्त बताउँछन् ।अस्पताल प्रशासनले भने चिकित्सकको लापार्वाहीले कार्कीको मृत्यु नभएर उच्च रत्तश्रापका कारण मृत्यु भएको दाबी गरेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले समान्य अबस्थामा डेलीभरी भएको कार्कीले बच्चा जन्माउँदा पाठेघरमा समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्ने क्रममा उच्च रत्तश्रापका कारण उनको मृत्यु भएको बताएका छन् ।