logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सम्हाले योगेशले पर्यटन मन्त्रालयको जिम्मेवारी


अंकुरण खबर
2.028K
Shares

काठमाडौं – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जिम्मेवारी सम्हालेका छन् । लामो समय देखि खाली रहँदै आएको उक्त मन्त्रालयमा मन्त्री भट्टराईले जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । भट्टराई ताप्लेजुङकबाट निर्वाचित संसद हुन ।

यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी गत फागुन १५ गते ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मन्त्री विहिन बनेको उक्त मन्त्रलायलाई भट्टराईले सम्हालेका हुन् ।