logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दोलखाको गौरीशंकरमा पहिरो : १० घर भत्किए, एक जना बेपत्ता


अंकुरण खबर
1.846K
Shares

काठमाडौं – दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो खसेर घर भत्किँदा एक जना सम्पर्कविहीन भएका छन् ।

शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किँदा आफन्तकोमा आएका जगतबहादुर खत्री सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

अरुले भागेर ज्यान जोगाएका छन् । १० मध्ये ९ वटा घर बस्नै नमिल्ने गरी भत्किएको स्थानीयले बताएका छन् । खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो गएकाले प्रहरीको टोली प्रभावित ठाउँमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।