logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँको ढाँपमा बस दुर्घटना, १९ यात्रु घाइते


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

आज बिहान चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भइरहेको छ ।

बसमा ३३ जना यात्रु सवार थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।