logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ४ अंकको गिरावट


अंकुरण खबर
2.808K
Shares

काठमाडौं – साताको पहिलो कारोबार आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव २० अंकले घटेर १२५९.६४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ४३ अंकले घटेर २७०.०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ सय ६६ कम्पनीको १४ लाख ६७ हजार ४६४ कित्ता शेयर खरिदबिक्री भई ४७ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज ५ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको भएको छ ।

आज सर्वाधिक कमाउनेमा स्वरोजगार लघुवित्त र स्पर्श लघुवित्त वित्तीय संस्था फाइनान्स लिमिटेडको रहेको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । र सर्वाधिक गुमाउनेमा हिमालयन पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ०५ प्रतिशतले घटेको छ ।