काठमाडौं – सरकारले स्थानीय तहको उप निर्वाचनको मिति मंसिर १४ गते तोकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाका अनुसार संघ, प्रदेश र स्थानीय तहमा रहेको खाली सिटका लागि निवार्चन आयोगको परामर्शमा मंसिर १४ गते निर्वाचन हुनेछन । यस्तै झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठजनाको नागरिकता रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय पनि सरकारले गरेको छ ।
नागरिकता रद्द हुनेहरुमा अशोक शाह, बिन्दे महतो, नातादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, सुशील महतो, उपेन्द्र महतो,रामकिशोर महतो र राजकिशोर महतो छन् ।