काठमाडौं । नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको बुद्ध एयरको एटीआर विमान १५ हजार ५ सय फिट नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा उडिरहेको थियो ।
जहाजभित्र यात्रुलाई पानी बाँड्दै गर्दा जहाजको मध्यभागमा १३ नम्बरको सिटमा बसिरहेका एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भयो ।
सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किरहेको अवस्थामा विष्ट सिटमै बेहोस भएका थिए ।
यो समाचार आजको कान्तिपुर दैनिकबाट ।