logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४ लेन सडक बन्दै


अंकुरण खबर
1.69K
Shares

पृथ्वी राजमार्ग पोखरा–मुग्लिन खण्ड

काठमाण्डौं । पाँच दशकअघि बनेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको सडकमा सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको सडकलाई चार लेन बनाउन लागिएको हो ।

पहिलो चरणमा पोखरादेखि आँबुखैरेनी सम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन् ।

पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ ।  पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ ।

नागरिक दैनिकबाट यो समाचार लिइएको हो ।