काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट आएको ड्रागन एयरको के ए १०४ जहाजका यात्रु २३ वर्षीया लि निङसिङ पक्राउ परेको विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए ।
आइतबार राति १० बजेर ५० मिनेटमा उनले ल्याएको लगेजमा खैरो कपडाले बेरेर राखेको सुन एक्सेरमा शंका लागेर फेरि जाँच गर्दा फेला पारेको ठाकुरले पुष्टि गरे । उनलाई राति नै प्रहरी कार्यालय कोटेश्वरमा राखिएको ठाकुरले जानकारी दिए ।
उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएको समेत ठाकुरको भनाइ छ ।