logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छोरा र छोरीस‌ँग पशुपतिमा देखिए हिमानी शाह


अंकुरण खबर
3.575K
Shares

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले आफ्ना छोरा र छोरीस‌ँग पशुपतिनाथको दर्शन गरेकी छन् । पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते आज बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी शाहले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन् । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

सोही अवसर पारेर पूर्वयुवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी थिइन् ।