काठमाडौं – नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कायम भएको छ । आज एकैदिन तोलामा १५ सय रुपैयाँ वृद्धि भएको हो । आइतबार तोलामा ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आज प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अमेरिका र चीन बीचको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय शेयर बजारमा पर्दा सुनको भाउ आकाशिएको व्यवसायीको भनाइ छ।