logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडाका अधिकृत ५० हजार घूससहित पक्राउ


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – मकवानपुरस्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अधिकृत चन्दनकुमार अमात्यले आइइइ प्रतिवेदन स्वीकृत गर्दा विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिने गरेको सूचना अख्तियार दुरूपयोग अनुसन्धान आयोग, हेटौंडाले प्राप्त गरेको थियो । आइतबार सोही विशेष सूचनाका आधारमा हेटौंडाबाट खटिएको टोलीले अधिकृत अमात्यले ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

आयोगले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।