logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

योगेश भट्टराईको घोषणा, आजबाट भेटेर शुभकामना नलिने


अंकुरण खबर
3.172K
Shares

काठमाडौं – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सोमबारदेखि भेटेर शुभकामना नलिने प्रतिबद्धता जनाएका छन् । उनले काम गरेर देखाउनुपर्ने बेला भएकाले शुभकामनामा अल्झिएर नबस्ने बताए ।

सोमबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले समर्थकहरुसँग भेटेर शुभकामना लिँदा मन्त्रालयको कामकाजमा असर परेको उनको भनाई छ । अब उनले मन्त्रालयमा भेटेर शुभकामना लिन असमर्थ रहेको जानकारी सबैलाई गराएका छन् ।

मन्त्री भट्टराईले भने , ‘यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवम् शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने ऊर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलब्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु ।

साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाइका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु ।’ उनले आफ्ना समर्थक र नागरिकको विश्वास टुट्न नदिने र सल्लाह सुझाव लिएर अघि बढ्ने बताए । साथै शुभकामना र बधाइ लिने क्रममा सार्वजनिक भएका केही तस्बिरको बारेमा अन्यथा नबुझ्न पनि मन्त्री भट्टराईले आग्रह गरे।