logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार अंकले घट्यो नेप्से


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से घटेको छ । आज नेप्से सुचक ४ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ अंकमा आइपुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७७ अंकले घटेर २ सय ७१ दशलमव ०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ सय ६७ कम्पनीको १५ लाख ५ हजार ५०६ कित्ता शेयर खरिदबिक्री भई ४४ करोड ३२ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६९ लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै आज सवाधिक कमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ०४ प्रतिशतले बढेको छ । र सवाधिक गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।

यस दिन ११ वटा उपपरिसुचकहरुमा निर्जीवन बीमा र म्युचल फण्डमात्र बढेको छ भने बाँकी सबै समूहहरु घटेका छन् ।