काठमाडौं – मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित तीन जना भरियालाई पक्राउ गरेको छ ।
हेटौंडा–११ थानार्भयाङमा चेकजाँचका क्रममा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९०० ग्राम गाँजा बरामद भएको हो ।
अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई आज पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका–८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।