काठमाडौं – कपिलवस्तुमा सर्पदशंबाट एकैदिन २ जनाको मृत्यु भएको छ । सर्पदशंबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-६ भगलापुरका ४५ वर्षीय तेजप्रसाद खनाल र वडा-३ की ५० वर्षीया शुभमाया थापाको मृत्यु भएको हो ।
गए राति घरबाट लक्ष्मणघाट बोलबम जान निष्कने क्रममा घरकै आगनमा गोमन सर्पले डसेपछि खनाललाई उपचारका लागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा उनको मृत्यु भएकोे छ । उनले समयमै परिवारलाई जानकारी नदिंदा उनको मृत्यु हुन पुगेको केन्द्रको भनाइ छ ।
त्यस्तै थापालाई सोमबार विहान सर्पले डसेपछि उपचारका लागि केन्द्रमा पुर्याएपछि मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नविन भण्डारीले बताएका छन् ।