काठमाडौं – माउन्टेन टिलिभिजनका पत्रकार सालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सोमबार दिउँसो काठमाडौंबाट पत्रकार पुडासैनी समाचार संकलनकै क्रममा चितवन पुगेका हुन् । चितवन पुगेका उनी होटल बुकीङ गरेर केहि क्षेण बाहिर गएपनि साँझ होटलमा आएर आफूले खाना खान तल झर्ने बताउदै कोठामा छिरेका थिए ।
उनी राति ८ बजेसम्म पनि खाना खान तल नझरेपछि होटलका कर्मचारी उनि बसेको कोठामा ढकढक्याउदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । सोही कोठामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी दान बहादुर मल्लले जानकारी दिए । कोठाको पंखामा नाइलनको डोरी प्रयोग गरि पासो लगाएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको बताइएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-२ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा कार्यरत थिए ।