काठमाडौं – महेन्द्रनगर सोमबारदेखि अविरल रुपमा वर्षात् भएको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजार जलमग्न भएको छ ।
सोमबार रातिबाट परेको वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवा क्षेत्रमा लगायतका क्षेत्र डुबानमा परेका छन्
कञ्चनपुर महाकाली नदीले खतराको संकेत पार गरेको छ । गए रातिबाट परेको अविरल वर्षाका कारण नदीले खतराको संकेत पार गरेकोले सर्तक रहन आग्रह गरिएको छ ।