logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह उपचारका लागि अस्पताल पुगेका हुन् ।

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह मेडिसिटी अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले बताए । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार-पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।

सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएका हुन् । हाल उनको स्वास्थ्यमा क्रमिक सुधार आएको लामिछानेले बताए ।