logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ९ अंकको गिरावट


अंकुरण खबर
3.731K
Shares

काठमाडौं – मंगलबार सेयर बजार परिसुचक नेप्से झण्डै दोहोरो अंकले घटेको छ । आज नेप्से सुचक ९ दशमव ३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलव ७३ अंकमा बजार बन्द भएको छ ।

सुचक घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । नेपाल स्टक एकसचेञ्जका अनुसार आज १६९ कम्पनीको ४५ करोड ७ लाख ५५ हजार १८२ रुपैयाँको १४ लाख ४९ हजार ६ सय ९७ कित्ता सेयर किनबेच भएको छ । आजको कारोबारमा सरकारी स्वामित्वका बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यसदिन सबैभन्दा बढी कृषि विकास बैंकको सेयर खरिदबिक्री भएको छ । बैंकको ८ करोड ५४ लाखरुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यसैगरी, नेपाल बैंकको चार करोड १६ लाख बढीको सेयर किनबेच भएको छ ।