काठमाडौं – मोरङको लेटाङ नगरपालिका –३ मा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् ।
मंगलबार बिहान आगलागी हुदा स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले जानकारी दिए । उनका अनुसार आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । आगलागीबाट सबै अन्नपात, लत्ताकपडा,नगदसमेका सरसामान जलेको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको हो । बिजुली सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।