logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – देशका अधिकांश स्थानमा हाल बलदी भएको छ । देशको पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तराईका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भएको छ । पूर्व र पश्चिमका पहाडी क्षेत्रमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही उत्तर अर्थात नेपाल तर्फ सरेको मौसमविदले बताएका छन् । यस्तै पूर्व र मध्य नेपालमा एउटा न्यून चापीय क्षेत्रको असर पनि देखिएको मौसमविदको भनाई छ ।

बुधबार दिनभर पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।