logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माइतिघर नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज


अंकुरण खबर
1.924K
Shares

काठमाडौं – माइतिघर नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल  टोलीले डिस्पोज गरेको छ । बुधबार विहान सेन्ट जेभियर कजेल नजिकै बमजस्तै देखिने शंकास्पद बस्तु भेटिएपछि  बम डिस्पोज टोली घटनास्थल पुगेको हो ।

शंकास्पद वस्तु राखिएको वरपर बालुवा राखिएको बताउँदै  महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी कौशल बुढाथोकीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गरे । बम जस्तै गरी बेरेर राखेको सामानलाई डिस्पोज गरिएपनि फरेन्सिक जाँचबाट मात्र के थियो भन्ने पुष्टि हुने उनले बताए ।

बाटो नजिकै शंकास्पद वस्तु भेटिएपछि माइतिघर मण्डला परिसरमा केहिबेर यातायात सेवा प्रभावित भएको थियो ।